कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण रोकिएका ६ जिल्लाको अधिवेशन जारी 

कांग्रेसको क्रियाशील सदस्यता विवादका कारण रोकिएका  ६ जिल्लाको अधिवेशन जारी 

काठमाडौंः नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्र्तगत सोमबार ६ जिल्लामा  अधिवेशन  भइरहेको छ। क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन सोमबार भइरहेको हो।

पार्टीले दिएको निर्देशनअनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए। 

निर्वाचन कार्यतालिकाअनुसार आइतबार मनोनयन दर्ता, दाबी बिरोध तथा उम्मेद्वारको अन्तिम नामावाली प्रकाशन गरिएको थियो भने सोमबार मतदान भइरहेको हो। 

नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर पार्टीको १४औं महाधिवेशन सम्पन्न गरेको नेपाली कांग्रेसले जनाएको छ।

फागुन १६, २०७८ सोमबार १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।