रुसको हमलामा विश्वकै ठूलो हवाइजहाज ध्वस्त, पुनर्निर्माणमा ३ अर्ब अमेरिकी डलर लाग्ने

रुसको हमलामा विश्वकै ठूलो हवाइजहाज ध्वस्त, पुनर्निर्माणमा ३ अर्ब अमेरिकी डलर लाग्ने

एजेन्सीः विश्वकै ठूलो हवाइजहाज 'द एन्टोनोभ ए एन- २२५' ध्वस्त भएको छ। रुसले युक्रेनमा हमला गर्दा जहाज ध्वस्त भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।

युक्रेनी भाषामा 'मृया' वा 'ड्रिम' भनिने विशाल जहाज राजधानी किएभनजिकैको हवाइअड्डामा पार्क गरेर राखिएको थियो। त्यति नै बेला रुसले हमला गर्दा जहाज ध्वस्त भएको हो।

युक्रेनी अधिकारीहरूले भने जहाजको पुनर्निर्माण गर्ने बताएका छन्। युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले बताएका छन्, 'रुसले हाम्रो मृया ध्वस्त पारे पनि उनीहरू हाम्रो सबल, स्वतन्त्र र प्रजातान्त्रिक युरोपेली राष्ट्रको सपनालाई ध्वस्त पार्न सक्दैनन्। हामी सफल हुनेछौं।'

युक्रेनी प्रतिरक्षा कम्पनी युक्रोबोरोन्प्रोमले यस जहाजको पुनर्निर्माणमा ३ अर्ब अमेरिकी डलर खर्च हुने बताएको छ। यस्तै यसलाई बनाइसक्न पाँच वर्ष लाग्ने पनि बताइएको छ।

फागुन १६, २०७८ सोमबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।