बुटवलमा बन्दको प्रभाव: निजी सवारी चले, पसलहरू बन्द
बुटवल: प्रतिनिधि सभाबाट मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) आइतबार पारित भएसँगै विभिन्न ६ राजनीतिक दलले आज नेपाल बन्दको घोषणा गरेका थिए। तर बन्दको सामान्य प्रभाव मात्रै परेको छ।
यतिबेला बुटवलमा बिहानैदेखि बन्दकर्ता सडकमा छन्। प्रहरीको पनि उपस्थिति छ।
यात्रुहरू चोकमा उभिएर गाडी कुरे पनि लामो दूरीका सार्वजनिक सवारी साधन चलेका छैनन्। निजी सवारी र सिटी सफारीहरू भने चलेका छन्।
मुख्यबजार क्षेत्रमा पसलहरू खुलेका छैनन्।
आज विप्लव नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य ‘किरण’ नेतृत्त्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले आज बन्दको आह्वान गरेका हुन्।
तस्बिरहरू: विकाश पराजुली
फागुन १६, २०७८ सोमबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।