ड्रग्सको तलतल रोक्न नसक्दा रिह्याबबाटै भागे र्यापर जीबब
काठमाडौँ : एएनटिएफ र्याप ब्याटलको सेमिफाइनलसम्म पुग्दा जीबबले राम्रै फ्यान फलोइङ बनाइसकेका थिए। फ्रिस्टायलमा उनको अगाडि प्रतिस्पर्धीलाई टिक्न ग्राहै पर्थ्यो। उनी सहजै फाइनल पुगे। तर ड्ग्सको लतले उनलाई फाइनलसम्म टिकाएन।
सेमिफाइनल पुग्नु अगाडि नै अर्का र्यापर माइलासँगको ब्याटलबाटै काठमाडौँ गोदावरी जिबब भाइरल भइसकेका थिए। सामाजिक सञ्जालमा उनको 'मिलेन लेबल तेरो' हिट भइसकेको थियो।
सेमिफाइनलमा पनि ' चेकमेट' हिट भयो। जजहरू उसको फ्रिस्टायलको क्षमताबाट कायल थिए। बिचमा उ कतीसम्म ड्ग्समा फसेको छ भन्ने पोखरा घुम्न जाँदाको भिडियोले खुलाएपछि आयोजकले नै उसलाई ड्रग्समुक्त बनाउने प्रयास गर्यो। रिह्यबमा लगेर राख्यो।
सामान्य परिवारको सदस्य उसमा सङ्गीतको राम्रो ज्ञान थियो। बाबु वैदेशिक रोजगारीका लागि विदेशमा। सुधार केन्द्र गएर नसामुक्त भएर आउँछु भनेको उसले छाड्न सकेन।
मध्यरात सुधार केन्द्रबाट भागेपछि फाइनलमा सहभागी हुन पनि पाएनन् जीबबले। कार्यक्रम आयोजकले उनलाई गोरखासम्म पुगेर खोज्दा पनि नभेटेपछि छाडिदिए। पछि उ आफै सम्पर्कमा आएर ड्रग्सको तलतल रोक्नै नसकेर भागेको भन्दै माफी मागेका थिए।
फागुन १६, २०७८ सोमबार ०१:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।