ध्वनि मतको आधारमा एमसिसी अनुमोदन

काठमाडौँ : अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ। प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता ध्वनी मतको आधारमा बहुमतले अनुमोदन गरेको हो। अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निणयार्थ पेस गरेका थिए।
ध्वनि मतले पारित सम्झौताको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूले मत दिए भने राष्ट्रिय जनमोर्चा, राप्रपा, नेमकिपा लगायतका दलले भने विपक्षमा ध्वनि मत दिएका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बेल घेराउमै रहेको थियो।
फागुन १५, २०७८ आइतबार २१:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।