अमेरिकाद्वारा युक्रेनलाई ६ सय मिलियन डलरको सैन्य सहायता
एजेन्सीः अमेरिकाले युक्रेनलाई ६ सय मिलियन डलरको सैन्य सहायता गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै झण्डै ७२ अर्ब नेपाली रुपैयाँ बराबरको सैन्य सहायता गरेका हुन्।
यसलाई 'आपत्कालीन सैन्य सहायता' भनिएको छ। विद्यमान कानूनको कुनै पनि प्रावधानको पर्वाह नगरी सहयोग गर्न राष्ट्रपति बाइडेनले निर्देशन पनि दिएका छन्।
जसमध्ये दुई सय ५० मिलियन डलरको हातहतियारजन्य सहयोग रहनेछ भने तीन सय ५० मिलियन डलरको सैन्य शिक्षा र प्रशिक्षणको सहयोग रहनेछ।
फागुन १४, २०७८ शनिबार १२:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।