बालिका बलात्कार र हत्या आरोपमा समातिए ६४ वर्षिया गिरी, स्कुलको बेल्टले खुलायो आरोपी

बालिका बलात्कार र हत्या आरोपमा समातिए ६४ वर्षिया गिरी, स्कुलको बेल्टले खुलायो आरोपी

मोरगं :  १२ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा ६४ वर्षिया दीपक गिरी पक्राउ परेका छन्। तीन दिन अगाडिबाट हराएकी १२ वर्षकी करुणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा शुक्रवार गिरी समातिएका हुन्।

गिरी पक्राउ परेपछि उनको शव फेला परेको थियो। उनले बलात्कारपछि हत्या गरेर बालिकाको शव लेटाङ–८ स्थित लालहीरा सामुदायिक वनभित्र गाडेका थिए। अनुसन्धानमा संलग्न स्रोतका अनुसार गिरीले बलात्कारपछि हत्या गरेको प्रमाण भेटिएको छ।

स्कुलको पेटीले खुलायो घटना

बालिका हराएपछि खोज्न खटिएको प्रहरी टोलीले उनको घर नजिकै केही जलाएको स्थानमा बालिका पढ्ने विद्यालयको बेल्टको बगल्स फेला पारेको थियो। सोध्दा उनले श्रीमतीको कपडा जलाएको दाबी गरे।

उनको बयान शङ्कास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले घटना स्विकार्दै शव गाडेको स्थान देखाएका थिए।

उनले स्कुलबाट आउँदै गरेकी बालिकालाई फकाएर करणी गरेको र पछि पोल खुल्ने डरले ढुंगाले हानेर हत्यागरी शव गाडेको अनि कपडा जलाएको खुलाएका छन्।

बालिका जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्थिन् । प्रहरीले गिरीलाई हिरासतमा लिएर अनुसन्धान थालेको छ।

फागुन १३, २०७८ शुक्रबार १९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।