अजितको 'भलिमाई'ले कमायो एकै दिन एक अर्ब
काठमाडौं : तामिल सुपरस्टार अजित कुमार अभिनीत तामिल भाषाको फिल्म ' भलिमाई' ले रिलिज भएकै दिन एक अर्बको व्यापार गतेको छ।
मिडिया रिपोर्ट अनुसार फिल्मले भारतमा ७६ करोड र भारत बाहिर २० करोडको व्यापार गरेको हो। भारतमा गंगुबाई पनि रिलिज भएको छ। व्यापारमा भने भलिमाई अगाडि देखिएको छ। भलिमाई तामिलनाडुको ६५० थिएटरमा लागेको छ।
पछिल्लो समय भारतमा दक्षिण एसियाली फिल्मको व्यापार बढ्दो छ। यस अगाडि रिलिज भएको फिल्म पुष्पाले ३ अर्बमाथिको व्यापार गरेको थियो।
पहिलो दिन नै हलका सबै सिट बुक भएको छ। दर्शकहरू अजितको अभिनय हेर्न हलमा पुगेका छन्। क्राइम सस्पेन्स कथामा बनेको फिल्ममा हुमा कुरैसीको समेत अभिनय छ।
भलिमाई नेपालमा समेत रिलिज भएको छ। शुक्रवार नेपालमा 'म यस्तो गीत गाउँछु-२', भलिमाई र गंगुबाई रिलिज भएको छ।
फागुन १३, २०७८ शुक्रबार १२:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।