फिल्म 'गंगुबाई'को प्रदर्शन रोक्न माग

फिल्म 'गंगुबाई'को प्रदर्शन रोक्न माग

एजेन्सीः चर्चित फिल्ममेकर सञ्जयलीला भन्सालीले बनाएका अधिकांश चलचित्र विवादले घेरिन्छन्। यसअघि पद्मावत, रामलीला, बाजिराव-मस्तानी र गुजारिस चलचित्र बनाएर विवादमा परेका भन्साली अहिले 'गंगुबाई काठियावाडी'का कारण विवादमा छन्।

गंगुबाईको प्रदर्शन मिति आजलाई तोकिएको छ। अर्थात् फेब्रुअरी २५। चलचित्रको प्रमुख भूमिकामा छिन्- आलिया भट्ट। निर्देशक हुन्- उनै भन्साली। 

चलचित्रको प्रदर्शनलाई रोक्न माग गर्ने अरू कोही होइनन्, ओरिजिनल गंगुबाईका परिवार हुन्। यस्तै कमाठीपुराको बासिन्दाले पनि चलचित्रको प्रदर्शन रोक्न माग गरेका छन्। चलचित्रमा गंगुबाईलाई वेश्याको रूपमा प्रस्तुत गरिएकोमा उनीहरूको आपत्ति छ। 

त्यति मात्र होइन, चलचित्रको विवाद अहिले भारतको सर्वोच्च अदालतमा पुगेको छ।

फागुन १३, २०७८ शुक्रबार १०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।