ट्रमा सेन्टरको आकस्मिक कक्षमा ठाउँ नपुग्ने समस्या छ: स्वास्थ्यमन्त्री खतिवडा

ट्रमा सेन्टरको आकस्मिक कक्षमा ठाउँ नपुग्ने समस्या छ: स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौंः स्वास्थ्यमन्त्री विरोध खतिवडाले राष्ट्रिय ट्रमा सेन्टको आकस्मिक कक्षमा ठाउँ नपुग्ने समस्या भएको औंल्याएका छन्। बिहीबार ट्रमा सेन्टरकोे आठौं वार्षिकोत्सवको अवसरमा खेलकुद प्रतियोगिताको पुरस्कार वितरण तथा दाता सम्मान कार्यक्रमा उनले सो कुरा बताएका हुन्।

स्वास्थ्यमन्त्री खतिवडाले बिरामीको चाप बढ्दा आकस्मिक कक्षमा ठाउँ तथा बेड नपुग्ने समस्याका बावजुद पनि अस्पतालले व्यवस्थापन गरेको भन्दै धन्यवाद समेत दिएका छन्। खतिवडाले भने, ‘जनसंख्याको हिसाबले चाप बढेअनुसार सेवा सुविधामा कहिलेकाहिँ इमर्जेन्सिमा ठाउँ नपुग्ने, कहिले बेड नपुग्ने यो समस्या त यथावत् छँदैछ त्यसका वावजुद पनि जुन व्यवस्था गरिरहनु भएको छ त्यसका लागि धन्यवाद दिन चाहन्छु।’

उनले खेलकुद प्रतियोगिताका विजेताहरूलाई ट्रफी, मेडल तथा सम्मान पत्र वितरण गरेका थिए। त्यसैगरी कार्यक्रमममा ट्रमा सेन्टरका प्रमुख डा. प्रमोद जोशीले अस्पतालको प्रगति विवरण प्रस्तुत गरेका थिए।

विवरण प्रस्तुत गर्दै उनले भने, ‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निः शुल्क शय्यामा उपचार गराई शय्याको शुल्क, उपचार शुल्क अपरेशन शुल्क लगायत सबै शुल्क मिनाहा हुने बिरामीहरूको संख्या तीन सय जना रहेको छ।’

फागुन १३, २०७८ शुक्रबार ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।