रुसले पूर्णहमला गर्‍यो: युक्रेनी परराष्ट्रमन्त्री

रुसले पूर्णहमला गर्‍यो: युक्रेनी परराष्ट्रमन्त्री
फाइल तस्बिर

एजेन्सीः युक्रेनको परराष्ट्र मन्त्रालयले रुसले आफ्नो मुलुकमाथि पूर्णहमला गरेको बताएको छ। परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले एक ट्वीट गर्दै लेखेका छन्- 'पुटिनले युक्रेनमाथि पूर्णहमला गरेका छन्।' 

यस्तै उनले युक्रेन आफैँ प्रतिरक्षामा उत्रने र विश्वले पुटिनलाई रोक्नुपर्ने बताएका छन्। 

यता केही समयअगाडि पुटिनले डोनबास क्षेत्रमा सैन्य कारबाही अघि बढाउन निर्देशन दिएका थिए। लगत्तै पूर्वी युक्रेनको डोनेत्सक क्षेत्रमा बम विस्फोट भएको थियो। बीबीसीकी पूर्वी युरोप संवाददाता सराह रेन्स्फोर्डले विस्फोटको पुष्टि गरेकी हुन्। 

फागुन १२, २०७८ बिहीबार १०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।