डोनबास क्षेत्रमा सैन्य कारबाही अघि बढाउन पुटिनको निर्देशन
एजेन्सीः रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पुर्वी युक्रेनको विवादास्पद क्षेत्र डोनबासमा सैन्य कारबाही अघि बढाउन निर्देशन दिएका छन्। भर्खरै मात्र पुटिनले ती क्षेत्रमा सैन्य कारबाही अघि बढाउन निर्देशन दिएका हुन्।
उनले रुसी टेलिभिजनमार्फत यस्तो घोषणा गरेका हुन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले पुटिनलाई यसखाले कदम रोक्न आग्रह गरिरहँदा पुटिनले भने सैन्य कारबाही अघि बढाउने आदेश दिएका हुन्।
दुई दिनअघि मात्र पुटिनले पूर्वी युक्रेनका लुहान्स्क र डोनेत्स्क क्षेत्रलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएका थिए। पुटिनको सो कदमले यतिबेला विश्व राजनीति तरङ्गित छ।
फागुन १२, २०७८ बिहीबार ०८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।