कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

काठमाडौं : नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ। फागुन १५ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो।

कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै ती जिल्लाको अधिवेशन फागुन २० गते हुने जनाएको छ ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तु र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फागुन ११, २०७८ बुधबार २१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।