पल विरुद्ध जाहेरी दर्तापछि खल्लो भयो 'म यस्तो गीत गाउँछु-२ को प्रिमियर'
काठमाडौँ : जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिकालाई बलात्कार गरेको जाहेरी दर्ता नभएको भए यतिखेर अभिनेता पल शाह गमक्क परेर साँगामा रहेको कीर्तिपुर सिनेप्लेक्समा आयोजित 'म यस्तो गीत गाउँछु-२'को प्रिमियर शोमा सहभागी भइरहेका हुन्थे।
नाबालिका गायिकालाई बिहे गरिहाल्छु नि भनेर फकाएकाले उनी प्रहरीमा नजानेमा ढुक्क उनी उता जाहेरी दर्ता भएको समाचार नआएसम्म प्रिमियर शोमा सहभागी हुन सिँगारिँदै थिए।
उनी प्रिमियर शोमा सहभागी हुन कपडा लिन जाँदाजाँदै बाटैमा पलविरुद्ध जाहेरी दर्ता भएको समाचार आएपछि उनी बाटैबाट फर्किएका थिए। उता फिल्मको प्रिमियरको सबै तयारी भइसकेको थियो।
उता फिल्मको निर्माण पक्षदेखि लिएर कलाकारहरू कतै पल आउँछन् कि भन्नेमा थिए। तर जाहेरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न सर्कुलर भएकाले उनी प्रिमियरमा जाने रिक्स लिएनन्।
पर्दामा पलकै कृत्रिम अभिनय चलिरहेको थियो। उनी भने वास्तविक जीवनमा निभाएको आपराधिक अभिनयका कारण फिल्मको प्रिमियममा सहभागी हुन सकेनन्।
शुक्रवारबाट उनको मुख्य भूमिका रहेको फिल्म प्रदर्शन हुँदै छ जहाँ उनले नायकको अभिनय गरेका छन्। तर जाहेरी दर्तापछि उनी वास्तविक जीवनमा खलनायक बनेकाले उनको कृतिम नायक छविको अभिनयले हलसम्म दर्शकलाई के तान्ला र !
फागुन ११, २०७८ बुधबार १९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।