गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन फागुन २६ बाट बोलाउन सिफारिस 

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन फागुन २६ बाट बोलाउन सिफारिस 

पोखरा : गण्डकी प्रदेश सभाको अधिवेशन फागुन २६ गतेबाट डाक्न सरकारले सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठकले २६ फागुनमा प्रदेशसभा अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो।

यसअघि गण्डकीको बर्खे अधिवेशन गत असोज ५ गते अन्त्य भएको थियो। अधिवेशन ६ महिनाभन्दा बढी फरकमा बोलाउन नपाउने संवैधानिक व
व्यवस्थाका कारण प्रदेश सरकारले २६ गतेका लागि अधिवेशन आह्वान गरेको हो। 

हिउँदे अधिवेशनमा प्रदेश सभामा विषेशगरी विधेयकमाथि छलफल हुन्छ। प्रदेश सरकारले आगामी अधिवेशनमा खानेपानी, सिंचाइ र सूचनाको हक सम्बन्धी विधेयक सहित चार वटा विधेयक पेस गर्ने तयारी गरेको छ। 

त्यसैगरी सरकारले पुराना कतिपय ऐनहरु संशोधन गर्ने गरी संशोधन विधेयक पनि लैजाँदै छ। प्रदेश सभाको विधायन समितिमा ४ वटा विधेयक विचाराधीन अवस्थामै रहेका छन्।

फागुन १०, २०७८ मंगलबार १६:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।