रुसको कदमपछि युक्रेनका राष्ट्रपतिले भने- 'हामी डराएका छैनौँ'
एजेन्सीः युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूहरू रुसको पछिल्लो कदले नडराएको बताएका छन्। रुसले हालै युक्रेनका डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राष्ट्रको रूपमा पहिचान गर्दै शान्ति कायम गर्न भन्दै आफ्नो सेना पठाएको छ।
आज एक भिडियो सन्देशमार्फत राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, 'हामी कोहीसँग पनि डराएका छैनौँ। हामी कसैलाई केही पनि दिँदैनौँ। हामी हाम्रो भूमिमा छौँ। हाम्रो पछि सत्य छ, युक्रेन छ। हाम्रो उद्देश्य एउटै हो- युक्रेनमा शान्ति।'
रुसको कदमलगत्तै संयुक्त राष्ट्रसंघको आपत्कालीन बैठक बसेको थियो। अमेरिका, बेलायतसहितका पश्चिमा मुलुकले यतिबेला रुसमाथि नाकाबन्दी लगाउने तयारी गरेका छन्।
फागुन १०, २०७८ मंगलबार १३:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।