पोल खुलेपछि दियाले रिसाउँदै भनिन्' तिमी भ्रममा छौ'

पोल खुलेपछि दियाले रिसाउँदै भनिन्' तिमी भ्रममा छौ'

काठमाडौँ : हिमालयन रोडिजका चार टिम लिडरमध्ये रेड टिमका अनुपविक्रम शाही छवि बल लगाउने बुद्धि खर्च नगर्ने पाराकै छ। त्यसैले त उनको टिम न टाक्समा अगाडि बढ्न सकेको छ न गेम पोलटिक्समा।

त्यसैको परिणाम अन्य टिममा तीन-तीन सदस्य हुँदा अनुपको टिम सङ्ख्या एक भइसकेको थियो। धन्न वाइल्ड कार्डसँगै सरप्राइजले उनको टिम सङ्ख्या पनि ३ पुग्यो।

पल शाह गेस्ट बनेर आएको कार्यक्रममा टप १६ मा नअटाएका ३ अनि टप १६ मा परेर फालिएका ३ जना गरेर ६ जना वाइल्ड कार्डका लागि भिडेका थिए।

तर यीमध्ये जम्मा २ जना छानिन्थे। पोखरीमा राखेको किरिङको कलर सेट मिलाएको आधारमा आएको नम्बरबाट छानिए नसिब र सन्देश। सशस्त्र प्रहरीकी बक्सर सुनिता वाइल्ड कार्डको मौका पाएर पनि अगाडि बढ्न सकिनन्।

नसिब टप १६ मा छानिएर रेड टिममै परेका थिए। उनी भोट आउटबाट बाहिरिएका थिए। सन्देश टप १६ मै नपरी बाहिरिएका थिए। वाइल्ड कार्ड इन्ट्रीमा पनि उनी कन्फ्युजन थिए। तर सबैभन्दा राम्रो अङ्क उनैले पाएका थिए।
वाइल्ड कार्डका लागि आएका सहभागीहरूले टाक्स गर्दा सब टिम लिडर उनीहरूलाई उत्साहित बनाउँदै फकाइरहेका थिए। उनीहरूले सोचेका थिए होलान् कि जो आउँछ उसले टिम छान्नेछ। त्यसैले त लाहुरेदेखि दियासम्म लागेका थिए फकाउन।

तर सरप्राइजको रूपमा दुबै जना सिधै रेड टिममा परे। न टिम लिडरले छान्न पाए न प्रतियोगीले। वाइल्ड कार्डमा नपरेका सहभागीले दिया समूहको गेम पोलटिक्स भने मजाले खुलाइदिए। उनी भन्दै थिइन्' मेरो टिमकाले केटीलाई भोट आउट गर्दैन'। तर जो आउट भइसकेका थिए उनीहरूले युट्युबमा पुरानो एपिसोड हेरिनै हाल्छन्।

अनि वाइल्ड कार्डकै नाममा भए पनि साथीहरू भेटेको बेलामा दिया टिमको पोलटिक्सको पोल खोलिदिइन् निलमले। दियाको टिमले केटीलाई भोट नहाल्ने भन्दै गेम खेलेर आउट गरेको भन्दै उनले नामै लिइदिइन्।

त्यसमा दिया रिसाउँदै भनिन्' तिमी भ्रममा छौ।' तर जाँदाजाँदै पनि निलमले केटीलाई भोट नगर्ने भने पनि गर्छन् है भन्दै दियाको टिमकै अनुशालाई भनिन्' ट्रस्ट नगर यार। यहाँ सब बकलोलहरु छन्। अब तीनजना मात्र केटी बाँकी छ। केटी ननिकाल भन्ने मात्र हो। तँलाई नै टार्गेट छ।'

लाहुरे टिमको सागर लामालाई गोरु बुद्धि नै भनिन्। उनले केटीलाई फाल्नुपर्छ, केटा मात्रै खेल्नुपर्छ भनेकोमा आलोचना गरिन् उनले।

फागुन १०, २०७८ मंगलबार ११:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।