प्रदेश १ को नामाकरण गर्न फागुन १५ मा प्रदेश सभा बैठक बस्ने
काठमाडौंः प्रदेश नं १ को नामाकरणको विषयमा छलफल गर्न प्रदेश सभाको बैठक आह्वान गरिएको छ। यही फागुन १५ गते प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए।
सो दिन दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ।
सरकारले प्रदेश सभामा पेश गर्ने कुनै पनि बिजनेश नभएका कारण प्रदेश सभाको बैठक लामो समयदेखि स्थगन भएको थियो। अबको नियमित बैठकमा सरकारले कानून संशोधनका प्रस्ताव ल्याउन सक्ने अनुमान छ।
गएको मङ्सिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले उद्घोष गरेका थिए।
फागुन १०, २०७८ मंगलबार १०:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।