आज मधेश प्रदेश सभाको बैठक बस्दै

आज मधेश प्रदेश सभाको बैठक बस्दै

आजको प्रदेश सभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ। गत माघ २६ गते बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका थिए।

यसअघि फागुन १ गते आह्वान गरिएको प्रदेश सभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो।

फागुन १०, २०७८ मंगलबार ०७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।