पल- गायिका लफडा : कुन गिरोह लाग्यो नायक पल विरुद्ध !
काठमाडौँ : पछिल्लो समय नायक पल शाहको सक्रियता हेर्ने हो भने म्युजिक भिडियोभन्दा मिडियामा बढी व्यस्त छन्। टक शो होस् या रियालिटी शो जतापनि पुगिरहेका छन् उनी। अनि जहाँ पुग्छन् स्पष्टीकरण दिन्छन् सम्बन्धबारे।
बिचको केही समय उनी भूमिगतझैँ देखिएका थिए। यही बिचमा उनी अनि नाबालिक एक गायिकाबिचको सम्बन्ध अनि खटपटको समाचार बाहिरिए। त्यो बेलामा उनी मौन नै बसे। एकाएक उनी टेलिभिजन शोहरुमा देखिन थाले।
गायन रियालिटी शो होस् या नृत्य सबैतिर पुगे उनी। उनी जहाँ-जहाँ पुगे त्यहाँ उनको उपस्थिति सेलिब्रिटी इमेज बढाउने भन्दा पनि खस्किएको इमेज नियन्त्रण गर्ने नै देखियो।
पलसँगको सम्बन्धबारे लेखेको स्ट्याटस गलत हो चाँडै वास्तविकता खुलाउँछु भनेर फेसबुकमा लेखेपछि नाबालिग चुपचाप बसिन्। उनी पल विरुद्ध उजुरी दिन जाने चर्चा भयो केही दिन। एक हुल पत्रकारको पोखरा गएर उनलाई सम्झाएको र प्याचअप भएको चर्चा आए।
संयोग शनिवार यी दुवै टेलिभिजन टक शोमा आए। तर भिन्दाभिन्दै टेलिभिजन अनि भिन्दाभिन्दै होस्ट। नाबालिग आइन् एपिवानको ग्लामर गफमा। पल आए प्राइमको धमलाको हमलामा। दुवै कार्यक्रमका होस्टको लक्ष्य पल-नाबालिग विवाद खुलाउने थियो। धमलाको हमला केही सफल भयो। पलले स्पष्टीकरण दिए। तर नाबालिग इरिटेड भइन्। न सफाई नै दिइन् न प्रस्टीकरणै राखिन्।
पल शाह र पूजा शर्माले ऋषि धमलासँग कुरा गर्दागर्दै धमलाले नाबालिगको प्रसङ्ग ल्याए। पलले उहाँ आफ्नै टिमको सदस्य हो, रेस्पेक्ट गर्छु, त्यस्तो केही हैन भन्दै गए।
'हामी नजिक छौँ' भन्दै गर्दा पल निकै नर्भस् देखिएका थिए कार्यक्रममा। पूजाले कार्यक्रममा भनिन्' बहिनीको भविष्य राम्रो छ। यही कारणले ह्याम्पर नगरोस्।'
नाबालिगसँग हाई हेल्लो मात्र भइरहेको दाबी थियो पलको। नाबालिगसँगको आफ्नो सम्बन्धबारे कसैले प्रोपोगन्डा गराइरहेको र लेखाइरहेको उनको दाबी थियो।
उता ग्ल्यामर गफमा गायिका नाबालिग निकै व्यवहारिक देखिइन्। कार्यक्रम प्रस्तोताले पलको कुरा ल्याउँदा यसबारे अहिले कुरा नगरौँ भन्दै पन्छाइरहिन्। प्रकाश सुवेदीले कहिले बोल्ने त योबारे भनेर सोध्दा उनले पछि भनेरै टारिन्।
एकाएक यी दुवै एक युट्युब च्यानलमा देखिए ११ बजे राति। जसमा दुवैले आफ्नो सम्बन्धबारे कुरा गरेका थिए। त्यता पल नाबालिगलाई नजिकको साथी, तिमी भनेर सम्बोधन गरिरहेका थिए। पललाई प्लेब्वाय लेखेको गलत भन्दै थिए। मेरो पछाडि गिरोह लागेको छ भने पलले।
पलले विवाह गर्ने वाचा गरेकोबारे प्रश्न सोध्दा नाबालिगले ' अहिले हामी मिल्ने साथी हौँ। भविष्यमा हुनसक्छ' भन्ने जवाफ दिइन्। तर पल त्यो प्रश्नको उत्तरमा प्रवेशै गर्न चाहेनन्।
* पलविरूद्ध जाहेरी परेपछि पीडितको तस्बिर र नाम हटाइएको छ।
फागुन ८, २०७८ आइतबार ००:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।