एकीकृत समाजवादीले एमसिसी संसद्मा लैजान नरोक्ने

एकीकृत समाजवादीले एमसिसी संसद्मा लैजान नरोक्ने

काठमाडौँ : अमेरिकी सहयोग परियोजनाबारे छलफल गर्न बसेको एकीकृत समाजवादीले संसद्मा टेबल गर्ने पक्षमा निर्णय गरेको छ।

स्थायी कमिटीको बैठकले   एमसिसिमा रहेका केही प्रावधानबारे छलफल गर्न आवश्यक रहेको भन्दै ती विषयमा संसद्मा छलफल गर्नुपर्ने निर्णय भएको नेतृ रामकुमारी झाँक्रीले उकेरालाई जानकारी दिइन्।

सत्ता गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेसपछि एमसिसीबारे प्रस्ट निर्णय गर्ने दल एकीकृत भएको छ। माओवादी केन्द्रले भने छलफल गर्नुपर्ने, छलफल नगरी प्रस्ताव लगे सरकारबाट हट्ने निर्णय गरेको थियो। एमालेले सत्तारूढ दलको निर्णय कुरेको छ।
समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले संसद्मा अमेरिकी सहयोग सम्झौताबारे संसद्मा छलफल गर्नुपर्ने र छलफलका लागि संसद्मा टेबल गर्नुपर्ने भएकाले टेबल गर्ने विषयमा आपत्ति नभएको बताएका छन्।

पार्टीको बैठकको निर्णयबारे जानकारी दिँदै उनले जवर्जस्ती टेबल गर्न हुन्न भन्नेमा पार्टी एकमत रहेको बताए।

'जवर्जस्ती टेबल नहुने वातावरण बनाउन हामी सक्रिय हुने छौ,' खतिवडाले भने' जवर्जस्ती टेबल गर्न खोजे सचिवालयको बैठकले निर्णय गर्ने छ।'

उनले संसद्मा टेबल हुनु भनेको संसदहरुले छलफल गर्ने थलोमा लैजानै हुन्न भन्नेमा एकीकृत समाजवादी प्रस्ट रहेको उनले बताए। यसका लागि संसद्को अवरोध हट्नु पर्ने उनले बताए।

संसद्को अवरोधको मुख्य कारक एमाले रहेकाले यसमा एमाले जिम्मेवार हुनुपर्ने भन्दै खतिवडाले  पाँच दलिय गठबन्धन बन्दा एमसिसी अजेण्डा नभएको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिचको छलफल सामान्य भएको भन्दै उनले पुन दोहोर्याए' एमसिसी संसद्मा टेबल हुनै हुन्न भन्ने रिजिडमा हाम्रो पार्टी छैन। तर यथास्थितिमा एमसिसी पारित गर्न हुन्न भन्नेमा सहमत छौँ। संसद्मा टेबल भएपछि, छलफलपछि निर्णय गर्नुपरेमा देशभक्त सांसदहरूले विवेक प्रयोग गर्नेमा विश्वस्त छौ' उनले भने।

फागुन ७, २०७८ शनिबार १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।