कङ्गनाको फेरियो बोली, भन्छिन्- नेपोटिज्मसँग कुनै समस्या छैन

कङ्गनाको फेरियो बोली, भन्छिन्- नेपोटिज्मसँग कुनै समस्या छैन

एजेन्सीः बलिउडमा कङ्गना रनोट यस्ती कलाकार हुन् जो बेलाबखत फिल्मभन्दा पनि आफ्नो रुखो बोलीका कारण चर्चामा आइरहन्छिन्। केही समयअघिसम्म मात्र बलिउडको नातावाद र कृपावादको विरुद्ध जमेर उत्रिएकी कङ्गनाको अहिले बोली फेरिएको छ।

उनी एक नयाँ रियालिटी शोमा सहभागी हुँदैछिन्। त्यसैको प्रमोशनका क्रममा उनको अन्तर्वार्ता लिइएको थियो। त्यहाँ उनले नातावादको बारेमा पनि मुख खोलिन्। सबैको अनुमान थियो- उनले नातावादको फेरि जमेर विरोध गर्छिन् भनेर। तर यसो भएन। उनले भनिन्, 'मलाई नातावादसँग कहिल्यै कुनै समस्या छैन। मेरो समस्या तिनीहरूसँग हो जसले आउटसाइडर्सविरुद्ध ग्याङ्ग बनाउँछन्। किनकी यो उनीहरूको बाउ-बाजेको स्थान हो।'

कङ्गनाको बोली यसरी एकाएक फेरिएपछि यतिबेला भारतीय सञ्चारमाध्यममा उनले राम्रै स्थान पाएकी छिन्। कङ्गना यतिमा मात्रै सीमित भइनन्। उनले टेलिसिरियल निर्माता एकता कपूरको पनि समर्थन गरिन्।

उनका अनुसार एकता अब बुली ग्याङ्गको हिस्सा रहेकी छैनन्। कङ्गनाले यसको ग्यारेण्टी आफूले दिनसक्ने पनि दावी गरिन्।

फागुन ७, २०७८ शनिबार ११:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।