सहरी विकासमन्त्री एक घण्टा हिँडेर पुगे बाढीले क्षति पुर्‍याएको देव दह मुहान

सहरी विकासमन्त्री एक घण्टा हिँडेर पुगे बाढीले क्षति पुर्‍याएको देव दह मुहान

बुटवल : बाढीले क्षति क्षतविक्षत पुर्याएको रुपन्देहीको देव दह खानेपानी आयोजनाको मुहानको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी सहितको टोलीले निरीक्षण गरेको हो।

झन्डै १० किलोमिटर उत्तरमा रहेको मुहान पुग्न मन्त्री सहितको टोलीलाई हिँडेर साढे १ घण्टा समय लगेको थियो।

प्रदेश सरकारका मन्त्री चौधरी सहितको टोली सो स्थानमा पुगेर मुहान तत्काल मर्मतका लागि बजेटको प्रबन्ध गर्ने बताएपछि स्थानीयले राहतको महसुस गरेका छन्।

देव दह नगरपालिकाका मेयर हिरा बहादुर केसी, उपमेयर विद्यालक्ष्मी गुरुङ, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका कार्यकर्ताहरूका साथै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख गुणनिधि पोख्रेल समेतको टोली निरीक्षणमा पुगेका थिए।

विभागीय मन्त्री चौधरीले पहाडको फेदीमा रहेको मूलको पानी उपभोक्ताहरूलाई वितरण गर्न सक्नु निकै महत्त्वपूर्ण रहेको भन्दै मुहान संरक्षण देखि खानेपानी प्रबन्धका लागि सरकार कटिबद्ध रहेको बताएका थिए।

देवदह नगरपालिकाका मेयर हिरा केसीले खानेपानीको क्षेत्रमा देवदहकै सबैभन्दा ठुलो आयोजना देव दह खानेपानी रहेको भन्दै यसको मुहान संरक्षण तथा मर्मतका लागि प्रदेश सरकारले काम गरिदिनु पर्ने बताए। उनले पानी वितरण तथा व्यवस्थापनका लागि नगरपालिकाले सहजीकरण गर्दै आएको बताए।

खानेपानी कार्यालयका प्रमुख गुणनिधि खनालले सरकारले बनाएको अहिलेको बजेटमा यो योजना नभए पनि नागरिकहरूको पिउने पानी बाढीले बिगारेको विषयमा मन्त्री र मन्त्रालय संवेदनशील भएर आफै स्थलगत निरीक्षणमा आएको भन्दै सबैको सहयोगमा मुहानको संरक्षणको काम गर्नु पर्ने बताए।

फागुन ६, २०७८ शुक्रबार १९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।