राजदूत निकोला पोलिटले दिइन् २१ लाख डोज खोप

राजदूत निकोला पोलिटले दिइन् २१ लाख डोज खोप

काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासंग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्। बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भेट भएको हो।

भेटमा मन्त्री खतिवडाले बेलायत र नेपालको २ सय वर्ष भन्दा पुरानो अतर्राष्ट्रीय मैत्रीपूर्ण सम्बन्धको स्मरण  गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे।

नेपालको पूर्वाधार विकास, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासको लागी बेलायत सरकारले प्रदान गरेको सहयोग उल्लेखनीय रहेको मन्त्री खतिवडाले बताए।

सन् २००४ देखी नै नेपालको स्वास्थ्य क्षेत्र सुधारको लागी नेपाल स्वास्थ्य क्षेत्र रणनीति कार्यान्वयनको लागी बेलायत सरकारले गरेको योगदानको समेत मन्त्री खतिवडाले स्मरण गरे।

राजदूत पोलिटले जिज्ञासाका सन्दर्भमा स्वास्थ्य मन्त्रालयका  स्वास्थ्य सेवा तर्फका सचिव डा रोशन पोखरेलले थप प्रस्ट पारेका थिए।
कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेकी थिइन्। भेटघाट कार्यक्रममा सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा. सङ्गीता मिश्र, प्रेस सल्लाहकार शन्तराम बिडारी लगायत अन्य व्यक्तिहरूको उपस्थिति थियो।

फागुन ५, २०७८ बिहीबार २३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।