आइडलले क्या बोर बनायो, भर्सटायल गायक आदेश आउट भए
काठमाडौँ : यो साताको नेपाल आइडल सिजन फोरको निकै सकिङ खालको भयो भोटिङमा। आइडलका तीन खजानामध्ये तीनै जना बटम थ्रीमा परे र एक जना बाहिरिए।
रञ्जित नेपाली, नामग्याल तामाङ र आदेश पौडेल पहिलो पटक बटम थ्रीमा परेका थिए। यी तीनै जना भर्सटाइल गायक हुन् आइडलका प्रतियोगितामा। पहिला रञ्जित सेफ भए।
बाँकी रहे नामग्याल र आदेश। आजका अतिथि कुन्ती मोक्तानले त नामग्याललाई नेपाली देवानन्द नै भनेकी थिइन्। उनी नभए आइडलको मञ्च खल्लो हुने बताएकी थिइन्। तर झन्डै बाहिरिएका उनी।
भोटको साथले उनी बटम टुमा पुगेर पनि जोगिए। राम्रो गला हुँदाहुँदै भोटका आधारलाई नै निर्णायक मान्दा भर्सटायल गायक आदेश बाहिर भए मञ्चबाट। यो जजका लागि समेत झड्का दिने नै नतिजा थियो।
आजैको एपिसोडबाट कान्देन तामाङ वाइल्ड कार्डबाट प्रतियोगितामा आएका थिए। उनले राम्रै सम्भावना देखाएका छन्। तर उनको प्रवेशले आदेशको अभाव पक्कै पूरा गर्न सक्दैन।
छोरी जज,बा-आमा अतिथि
बिहीबार प्रसारित एपिसोडका अतिथि थिए सङ्गीतकार शुभ बहादुर मोक्तान गायिका कुन्ती मोक्तान। यी दुवै नेपालको परिचित साङ्गीतिकसँगै जीवनका पनि जोडी।
यी दुवैको हुर्काइले शुवानी नेपाली साङ्गीतिक यात्रामा छिन्। कार्यक्रममा दुवै जनाले आफ्नी छोरी आइडलको जजको कुर्सीमा बसेको देख्दा गर्व लागेको बताए।
कार्यक्रमका प्रतियोगीहरूले बिहीबारको एपिसोडमा युगल गायन प्रस्तुत गरेका थिए न्यु गेटअपसहित।
फागुन ५, २०७८ बिहीबार २२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।