कोरोनाबाट गण्डकीमा ८८ र ७० वर्षका महिला र पुरुषको मृत्यु

कोरोनाबाट गण्डकीमा ८८ र ७० वर्षका महिला र पुरुषको मृत्यु

पोखरा : गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो चौबिस घण्टामा एक सय ५५ जनामा गरिएको नमुना परीक्षणमा १४ जनामा सङ्क्रमण देखिएको हो। सङ्क्रमित मध्ये ६ महिला र ८ पुरुष छन्।

प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए।

उनका अनुसार कास्की १०, लमजुङ १, तनहुँ १, नवलपरासी पूर्व १ र स्याङ्जामा १ जनामा सङ्क्रमण देखिएको हो। योसगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख एक हजार ६ सय ३३ पुगेको छ।

गण्डकीमा कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–१७ का ८८ वर्षीय पुरुष र तनहुँको ब्यास नगरपालिका–१२ की ७० वर्षीय महिला रहेका छन्। मृतक मध्ये पोखरा–१७ का पुरुषको पोखरास्थित गण्डकी मेडिकल कलेज र तनहुँकी महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। योसङै गण्डकीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार चार सय ६३ पुगेको छ।

प्रदेशमा पछिल्लो चौबिस घण्टामा एक सय ३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। योसङै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९९ हजार तीन सय ३६ पुगेको छ। प्रदेशमा अहिले होम आइसोलेसनमा ८ सय २२ जना रहेका छन्। गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८ सय ३४ पुगेको निर्देशनालयले जानकारी दिएको छ।

फागुन ५, २०७८ बिहीबार १७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।