बप्पी लहरीलाई लागेको अब्स्ट्रक्टिब स्लिप एपनिया कस्तो रोग हो ?
काठमाडौं : बलिउड संगीत जगतका 'डिस्को किङ' बप्पी लहरीको ६९ वर्षको उमेरमा मंगलबार निधन भयो। उनले मुम्बईस्थित क्रिटिकेयर हस्पिटलमा अन्तिम श्वास लिए।
लामो समयदेखि अस्वस्थ रहेका बप्पी एक महिनादेखि अस्पताल भर्ना भएका थिए। तर, उनलाई सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो। मंगलबार अचानक स्वास्थ्य बिग्रिएपछि पुन: अस्पताल भर्ना भएका बप्पीले सोही दिन संसार छाडे।
बप्पी अब्स्ट्रक्टिब स्लिप एपनिया र चेस्ट इन्फेक्सनको समस्या रहेको भारतीय समाचार एजेन्सीहरुले जनाएका छन्। अब्स्ट्रक्टिब स्लिप एपनिया निद्रासँग सम्बन्धित एक ब्रिदिङ डिसअर्डर हो। यो रोग लागेका बिरामीलाई निदाएको बेला श्वास लिन समस्या हुने चिकित्सकहरु बताउँछन्।
यो रोग लागेका बिरामीको श्वास निदाएको बेलामा रोकिन्छ तर बिरामीले थाहा नै पाउँदैनन्। श्वास रोकिने समस्या केही सेकेन्डदेखि एक मिनेटसम्म हुनसक्छ।
चिकित्सकका अनुसार अब्स्ट्रक्टिब स्लिप एपनियाको प्रमुख लक्षण घुराइ हो। घुर्दाघुर्दै बिरामीको श्वास बेलाबेलामा रोकिने गर्छ।
फागुन ४, २०७८ बुधबार १८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।