कर्णाली सरकारको प्रवक्तामा विन्दमान विष्ट
सुर्खेत : कर्णाली प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टलाई तोकिएको छ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २६ गतेदेखि लागू हुनेगरी मन्त्री विष्टलाई प्रवक्तामा नियुक्त गरेका हुन्।
विष्ट नेकपा माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गरिरहेका छन्। उनी सुर्खेत क्षेत्र नम्बर २ प्रदेश सभा (ख) बाट प्रत्यक्ष निर्वाचित हुन्।
फागुन ४, २०७८ बुधबार १७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।