प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेपछि वानेश्वर तनावग्रस्त

प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेपछि वानेश्वर तनावग्रस्त

काठमाडौंः एमसीसीको विरोधमा काठमाडौंको नयाँ वानेश्वरस्थित एभरेष्ट होटलअगाडि भएको प्रदर्शनले उग्र रूप लिएको छ। प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि यतिबेला सो क्षेत्र तनावग्रस्त भएको छ।

प्रहरीले पनि प्रदर्शनकारीमाथि पानीको फोहोरा चलाउँदै छ। 'एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन', 'अमेरिकी दबाब मुर्दावाद' लगायत नारा लगाउँदै आज माओवादीनिकट वाईसीएल र अनेरास्ववियू क्रान्तिकारीले वानेश्वर क्षेत्रमा प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरूको नाराबाजी कायमै रहेपछि यतिबेला थप सङ्ख्यामा प्रहरी आउँदैछन्। 

तस्बिरहरू: उपेन्द्र खड्का

फागुन ४, २०७८ बुधबार १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।