आइडल सिजन २ मा जोकर, सिजन ४ मा 'गँजडी गायक' : कान्देन फर्कदैछन् वाइल्ड कार्डबाट

आइडल सिजन २ मा जोकर, सिजन ४ मा 'गँजडी गायक' : कान्देन फर्कदैछन् वाइल्ड कार्डबाट

काठमाडौँ : तेह्रथुमका कान्देन लिम्बू नेपाल आइडलको सिजन २ मा सहभागी भएर क्लासिकल गीत गाउँदा फन्नी सहभागीमा दरिए। उनको प्रस्तुति नै त्यस्तै ताल न सुरको थियो।

सिजन ४ मा उनी अडिसन राउन्डमा गाँजाबारे गीत गाउँदा झन्डै गँजडी घोषित भएको जजहरूबाट। उनी पियानो राउन्डसम्म त पुगे तर त्यहाँबाट अगाडि बढ्न सकेनन्।

आइडलको प्रतिस्पर्धाबाट एकपछि अर्को राम्रो गीत गाउने प्रतियोगी बाहिरिँदै गएको बेला उनै कान्देन भने पुन आइडलको मञ्चमा फर्कने भएका छन् वाइल्ड कार्डमार्फत।

पियानो राउन्डबाट बाहिरिएका प्रतियोगीले पठाएको भिडियोको आधारमा जज सुगम पोखरेल, सुवानी मोक्तान अनि शम्भुजित बास्कोटाले कान्देनलाई वाइल्ड कार्डबाट पुन मञ्चमा फर्काउने निर्णय गरेका हुन्।

अब आउने एपिसोडमा उनले आफ्नो प्रस्तुति दिँदै छन् तर गीत चैँ अडिसनमा झैँ गाँजाकै। उनले गायक विक्कीको चर्चित गीत 'कति बाँचौला है माया तमिले छाडी गया पछि' बोलको गीत गाउँदै छन्। अहिले सहभागीहरू अनि कान्देनको स्वरको गुणस्तर र गायन शैली हेर्दा उनी अन्य प्रतियोगीमाथि भारी पर्नसक्ने देखिन्छ।

फागुन ४, २०७८ बुधबार ००:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।