गण्डकी प्रदेशमा फागुन ४ गते सार्वजनिक बिदा

गण्डकी प्रदेशमा फागुन ४ गते सार्वजनिक बिदा

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले फागुन ४ गते बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला मन्त्रालयले सूचना प्रकाशित गरेको छ।

तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पदभार ग्रहण गर्दै मन्त्रिपरिषद् विस्तार गरेको दिनलाई गण्डकीमा प्रदेश स्थापना दिवसका रुपमा मनाइँदै आएको छ। 

फागुन ३, २०७८ मंगलबार २०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।