लुम्बिनी प्रदेश सरकारले दाङमा मनायो चौथो स्थापना दिवस
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्मन्त्री कुलप्रसाद केसी (सोनाम)ले प्रदेश सरकार समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश निर्माणको संकल्प पूरा गर्न प्रतिबद्ध रहेको बताए। यसका लागि सबैको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मिहिनेतको आवश्यकता रहेको उनको भनाइ छ।
प्रदेश प्रमुख अमिक शेरचन, मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रदेशको स्मारिका तथा बृत्तचित्र समेत विमोचन गरिएको थियो।
त्यस्तै लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा ५७ जनालाई प्रदेश पदकले विभूषित गरेको छ। १० वटा विधामा ५७ जनालाई विभूषित गरिएको हो।
फागुन ३, २०७८ मंगलबार १९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।