चोलेन्द्रप्रति मोह छैन तर अराजकता स्वीकार्य छैन : एमाले नेता विष्ट

चोलेन्द्रप्रति मोह छैन तर अराजकता स्वीकार्य छैन : एमाले नेता विष्ट

बुटवलमा एमाले ईस्मा–रुपन्देही सम्पर्क कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश राणा विरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव निर्वाचन सार्ने षडयन्त्र भएको दाबी समेत गरे।

‘हामीलाई चोलेन्द्र शमशेर राणा प्रति व्यक्तिगत कुनै मोह छैन। राणाका केही भूमिका छन्। उनका गुण के अवगुण के कुनै प्रचार गर्नु जरुरी छैन। तर जसरी यो महाअभियोग आएको छ यो सत्ता गठबन्धनको निर्वाचन सार्ने षडयन्त्र हो,’ उनले भने।

उनले साता दिन अघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा महाअभियोगबारे केही नबोलेको बताउँदै महाअभियोगको प्रक्रिया लम्बाएर निर्वाचन सार्ने गठबन्धन सरकारको कदम रहेको दाबी गरे।

उनले नेकपा एमालेका विरुद्धका चाल्ने कदमलाई पराजित गर्न, संविधानको मूल्य र मान्यता जोगाउन, संवैधानिक अङ्गको गरिमालाई जोगाउनका लागि चालिने कदममा एमाले पछि नपर्ने बताए।

अदालतलाई प्रयोग गरेर राजनीतिक प्रतिशोध लिने र राजनीतिक परिणाम प्राप्त गर्ने दुराशयका साथ गठबन्धन सरकार अघि बढेको बताउँदै उनले गठबन्धन सरकारले नजर अदालततिर लगाएर निशाना अर्को तिर लगाएको बताए।

माओवादी, कांग्रेस, समाजवादी पार्टीसँग जनताको जीवनलाई बदल्ने, रूपान्तरण गर्ने, परिवर्तन गर्ने ठोस प्रकारका कार्यक्रमहरू नभएको उनको भनाई छ। एमालेसँगै एक्ला एक्लै चुनाव लड्ने तागत काङ्ग्रेससँग समेत नभएको भन्दै उनले गठबन्धन मिलेर आए पनि एमाले एक्लैले पराजित गर्ने दाबी गरे।

फागुन ३, २०७८ मंगलबार १७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।