गण्डकीमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि, धेरै कास्कीमा

गण्डकीमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि, धेरै कास्कीमा

प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए। उनका अनुसार कास्की २३, लमजुङ १ तनहुँ २,स्याङ्जा ४, नवलपरासी पूर्व १, पर्वत ६, बागलुङ ५ र म्याग्दीमा ३ जनामा सङ्क्रमण देखिएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख एक हजार पाँच सय ६४ पुगेको छ।

गण्डकीमा कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–१४ की ८८ वर्षीय महिला र कास्कीकै माछापुच्छ्रे गाउँपालिका–१ का ८२ वर्षीय पुरुष रहेका छन्। उनीहरू दुवै जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। योसँगै गण्डकीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार चार सय ६१ पुगेको छ।

प्रदेशमा पछिल्लो चौबिस घण्टामा एक सय २१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९९ हजार एक सय ५४ पुगेको छ। प्रदेशमा अहिले होम आइसोलेसनमा नौ सय २७ जना रहेका छन्। गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या  नौ सय ४९ पुगेको निर्देशनालयले जानकारी दिएको छ।

फागुन ३, २०७८ मंगलबार १७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।