पोखराबाट लागू औषध सहित दुई जना पक्राउ
पक्राउ पर्नेमा पोखरा सिमपानीका ३८ वर्षीय पूर्ण बहादुर जलारी र छोरेपाटनका ३१ वर्षीय सूर्य बहादुर थापा रहेका छन्। प्रहरीले उनीहरूको साथबाट फेरागन ७० एम्पुल, ब्रुपिनर्फिन ६९ एम्पुल र डाईजेपाम ७० एम्पुल लागू औषध बरामद गरेको छ।
पक्राउ परेका उनीहरूमाथि जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
फागुन २, २०७८ सोमबार २१:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।