मङ्गलबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

मङ्गलबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

बुटवलः लुम्बिनी प्रदेश सरकाले फागुन ३ गते मङ्गलबार सार्वजनिक बिदा दिने भएको छ। प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइने भएको हो।

‘प्रदेश सरकार (मन्त्रिपरिषद्) मिति २०७७/१२/१३ को निर्णयअनुसार वि.सं. २०७८ साल फागुन ३ गते मङ्गलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक बिदा रहेकोे व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, आन्तिरक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।

फागुन १, २०७८ आइतबार १३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।