बालुवा निकाल्ने क्रममा महाकाली नदीमा फसेकी महिलाको उद्धार
धनगढी : महाकाली नदीमा फसेकी एक महिलाको उद्धार गरिएको छ। बालुवा निकाल्ने क्रममा एक्कासि पानीको सतह बढ्दा नदीमा फसेकी महिलालाई प्रहरीको टोलीले उद्धार गरेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माका अनुसार महाकाली नगरपालिका–५ की २४ वर्षीया लिला ओडलाई उद्धार गरिएको हो।
लिला बिहानै महाकाली नगरपालिका–५, गल्फै क्षेत्रको नदी किनारमा बालुवा निकाल्न गएकी थिइन्।
‘नदीमा पानीको बहाव एकाएक बढेर उनी बीचमा फसेकी थिइन्। स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै प्रहरी टोली गएर उनलाई सकुशल उद्धार गरिएको हो,’ सूचना अधिकारी विश्वकर्माले भने।
उनलाई उद्धार गरेर जिल्ला अस्पताल ल्याइएको तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
फागुन १, २०७८ आइतबार १३:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।