जनयुद्ध दिवसको अवसरमा आज मधेश प्रदेशभर सार्वजनिक बिदा
काठमाडौंः मधेश प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। २७औं जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक बिदा दिइएको हो।
प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले माघ २८ गते एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको निर्णय गरेका हुन्। माओवादी जनयुद्ध सुरु भएको दिन फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउने गरिएको छ।
सार्वजनिक बिदा भने यो पहिलो पटक दिइएको हो।
फागुन १, २०७८ आइतबार ०८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।