उद्योग सङ्घ सुर्खेतको कार्यालयमा तालाबन्दी
सुर्खेत : उद्योग वाणिज्य सङ्घ सुर्खेतका सदस्यले कार्यालयमा तालाबन्दी गरेका छन्। नयाँ कार्य समिति चयनका लागि चैत २६ गर्ने चुनावको मिति तोकेपछि सदस्यता नवीकरण गराउन व्यापारीले सङ्घको कार्यालयमा तालाबन्दी गरेका हुन्।
चुनावको मिति घोषणा भइसकेकाले दुई वर्षसम्म नवीकरण नगर्ने व्यापारीको सदस्यता नवीकरण हुने व्यवस्था विधानमा नरहेको महासचिव लक्ष्मण कँडेलले जानकारी दिए।
महासचिव कँडेलका अनुसार एक हजार आठ सयभन्दा धेरै व्यवसायीले सदस्यता नवीकरण गरिसकेका छन्। उनले अझै पाँच सयसम्म सदस्यहरूको नवीकरण गर्न बाँकी रहेको बताए। उनले फागुन २६ गतेभित्र नवीकरण गर्न सक्ने व्यवस्था रहेको जानकारी दिए।
तर, दुई वर्षदेखि नवीकरण नगरेका सदस्यहरूको भने नवीकरण गर्न सक्ने व्यवस्था नै नरहेको उनले बताए। पटक पटक सदस्यहरूलाई नवीकरण गर्न आग्रह गर्दा पनि वास्ता नगर्दा अहिले सङ्घको कार्यालयमा ताला लाग्ने अवस्था आएको उनले बताए।
माघ २९, २०७८ शनिबार १०:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।