गायक प्रमोदले गाएको गीत चोरी हो-हैन भन्दै आरोप प्रत्यारोपमा उत्रिए दुई सङ्गीतकार

गायक प्रमोदले गाएको गीत चोरी हो-हैन भन्दै आरोप प्रत्यारोपमा उत्रिए दुई सङ्गीतकार

गीत चल्नुमा स्वरले मात्रै साथ दिएन। विवादले पनि साथ दियो। गीत सार्वजनिक भएसँगै सङ्गीतकार वसन्त सापकोटाले गीतको धुन आफ्नो गीत 'सागर सरी चोखो माया' बाट चोरेको दाबी गरे।

उनको दाबीसँगै गीतका सङ्गीतकार महेश खड्का र गायक खरेल पनि विवादमा आए। उनले धुन चोरिएको दाबी गरे पनि कुनै कानुनी उपचारमा भने गएका छैनन्। चोरीको आरोपले गीतको लोकप्रियतामा असर परेपछि सङ्गीतकार खड्काले सापकोटाको दाबीको प्रतिवाद गर्दै चर्चामा आउन मात्रै सापकोटाले चोरीको आरोप लगाएको भन्दै प्रमाणित गर्न चुनौती नै दिए।

उनले शुक्रवार पत्रकार सम्मेलन नै गरेर सङ्गीतकार सापकोटालाई कानुनी रूपमै गीत चोरेको प्रमाणित गर्न चुनौती मात्र दिएनन् उल्टै मानहानिको उजुरी गर्ने चेतावनी समेत दिए।

बौद्धिक सम्पत्तिको चोरीको विषयमा कानुनी उपचार खोज्नुको साटो मिडियाबाजी गरेको भन्दै आलोचना गर्दै चोरेको हो कि मिलेको हो आरोप प्रमाणित गरेर देखाउन चुनौती दिए। 'मेरो मानहानि भएको छ । मैले ३० वर्ष लगाएर यो क्षेत्रमा कमाएको ख्यातिको अपमान भएको छ,’ उनले भने।

उनले कुनै गीतको दुई नोट मिल्यो भन्दैमा अर्कालाई चोर भनेर आरोप प्रत्यारोप गर्नै हो भने सङ्गीत गर्छु भनेर कोही अगाडि नबढे हुन्छ समेत भने। ‘यो कुराले घात त अब वसन्त भाइ स्वयंलाई गर्छ। उहाँका पनि केही कृतिहरू होलान् जहाँ दुई नोट, चार नोट मिलेका होलान्।'

माघ २८, २०७८ शुक्रबार १८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।