एसईई परीक्षा सञ्चालनको जिम्मा प्रदेशलाई दिन सिफारिस
काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको जिम्मा प्रदेशलाई दिन सिफारिस गरेको छ। बिहीबार शिक्षा पत्रकार नेपाल(इजोन)ले आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोर्ड अध्यक्ष महाश्रम शर्माले यस्तो बताएका हुन्।
शर्माले भने, 'एसईई प्रदेशले गर्ने र प्रमाणीकरण बोर्डले गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ, मन्त्रिपरिषद्बाट पास भएपछि कार्यान्वयनमा आउँछ।'
नतिजा प्रकाशन पनि प्रदेशले गर्ने र प्रमाणीकरण भने बोर्डले गर्ने सिफारिस गरिएको उनले बताए। यो वर्षको एसईई आगामी ९ वैशाखका लागि तोकिएको छ।
जिल्ला शिक्षा समन्वय इकाईबाट र प्रदेशसँग छलफल गरेर परीक्षाको जिम्मा प्रदेशलाई दिने निर्णयमा बोर्ड पुगेको हो।
माघ २७, २०७८ बिहीबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।