बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क

बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो। करिब दुई बिगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति पार्क निर्माण गरिएको उपमहानगरले जनाएको छ। 

उद्योगमा काम गर्दै जनवादी गीत सङ्गीतमार्फत सचेतना फैलाउने र राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा जनमत जुटाउने काममा पुनले  पुर्याएको योगदानको कदर स्वरूप सालिक सहितको स्मृति पार्क निर्माण गरिएको नगर प्रमुख शिवराज सुवेदीले बताए।

पार्कलाई विस्तार गरिने, मजदुरका सन्तानको शिक्षा र सामाजिक जागरणका लागि विशेष अभियानसमेत सञ्चालन गरिने प्रमुख सुवेदीले बताए। 

पुनकै सक्रियतामा यसक्षेत्रमा जनवादी सांस्कृतिक क्रान्ति, राजनीतिक तथा नागरिक अधिकार प्राप्तिको आन्दोलनका लागि सङ्गठन निर्माण, श्रमज्योति क्लब गठन गर्दै त्यसैमार्फत राजनीतिक चेतनाको अभियान सञ्चालन गरिएको एमाले नेता डिलबहादुर आचार्य बताउँछन्। 

पुनको ०४३ सालमा म्यानेन्जाइटिस भएर निधन भएको थियो। उपमहानगरका सहरी विकास तथा योजना महाशाखाका प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले करिब ५० लाख बराबरको बजेटमा पार्क निर्माण र विस्तारको योजनाबद्ध काम भइरहेको बताए।

माघ २६, २०७८ बुधबार ०८:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।