कार्यकर्तालाई राप्रपाको निर्देशन: द्विविधामा नपर्नु, निर्वाचनको तयारीमा जुट्नु

कार्यकर्तालाई राप्रपाको निर्देशन: द्विविधामा नपर्नु, निर्वाचनको तयारीमा जुट्नु

काठमाडौंः राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को पदाधिकारीको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। पार्टीका पूर्वअध्यक्ष कमल थापाले आज पार्टी परित्याग गरेपछि आज अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्त्वमा राप्रपाको उपलब्ध पदाधिकारीहरूको बैठक बसेको थियो।

बैठकले थापाको पार्टीबाट बहिर्गमन अनपेक्षित तथा अप्रत्यासित रहेको बताउँदै दुःख प्रकट गरेको छ। यस्तै पार्टीबाट अलग हुने उनको निर्णयलाई पुनर्विचार गर्न पनि राप्रपाले आग्रह गरेको छ।

यता बैठकले पार्टी स्थापनाको उद्देश्य र महाधिवेशनले तय गरेको राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको सैद्धान्तिक अवधारणा र कार्यदिशामा पनि पार्टी अविचलित रहेको पनि बताउँदै नेता तथा कार्यकर्ताहरूलाई द्विविधामा नपर्न र विचलित नहुन आग्रह गरेको छ।

यस्तै आसन्न स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पनि आह्वान गरेको छ। 

माघ २५, २०७८ मंगलबार १९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।