६ जिल्ला र १०९ स्थानीय तहले पठाएनन् खोपको विवरण, भोलिसम्मको म्याद दिइयो
काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २१ गतेभित्रैमा खोपको विवरण पठाउन निर्देशन दिएको थियो। सरकारले खरिद गरेको करिब २४ लाख खोप हराएपछि मन्त्रालयले खोपको मौज्दात र क-कसले लगाए भन्ने विवरण पठाउन निर्देशन दिएको थियो।
तर दिइएको समयसीमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नपठाएपछि कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले भोलि बुधबारसम्मको अर्को म्याद दिएको छ। समितिले ६ जिल्लाका स्वास्थ्य कार्यालय र १०९ स्थानीय तहलाई भोलिसम्म विवरण बुझाउन निर्देशन दिएको समितिका संयोजक डा गुणराज लोहनीले बताए।
यसअघि समितिले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिको विवरण डीएचआईएस-२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन जारी गरेको थियो।
माघ २५, २०७८ मंगलबार १५:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।