कृष्णको प्रेममा चुर्लुम्म छिन् अभिनेत्री सुहाना
काठमाडौँ : 'ए मेरो हजुर'बाट नेपाल चलचित्रमा डेब्यु गरेकी अभिनेत्री सुहाना थापा कलिलै उमेरदेखि भक्तिमा लिन छिन्। उनी कृष्णको भक्त हुन्। राधे राधे उनलाई मन पर्ने वचन।
अभिनेत्री झरना थापाकी छोरी भएकाले उनलाई चलचित्र क्षेत्रमा आउन त्यति गाह्रो भएन। डेब्यु फिल्ममै युवा दर्शमाझ क्रेज बढाइसकेका अनमोल केसीको जोडी बनेर खेल्ने मौका पाइन्। भाग्य पहिलो फिल्ममा अनमोलको भन्दा राम्रो अभिनय गरेर दर्शमाझ अलग छवि बनाउन सफल भइन् उनी।
पढाइ चल्दाचल्दै अभिनयमा आएकी उनको दैनिकी धर्म कर्ममा बित्छ। उनको इन्टाग्राममा हेर्ने हो भने राधा बनेर कृष्णको प्रेममा चुर्लुम्म डुबेका तस्बिरहरू देखिन्छन्। कहिले उनी कृष्णलाई झोलुङ्गेमा झुलाइरहेकी देखिन्छिन् त कहिले कृष्ण मन्दिरमा राधा बनेर विचरण गरिरहेको भेटिन्छ।
उनी १७ वर्षकै उमेरमा कृष्णभक्तमा लिन भएकी थिइन्। उनी बेलाबखत ध्यानमा पनि बस्छिन् रे। कृष्ण भक्तिमा लाग्नुको कारण चैँ प्रेममा धोका रहेछ। उनले उकेरासँग कच्चै उमेरमा भक्तिमा लाग्नुको कारण खुलाउँदै भनेकी थिइन्' १७ वर्षको उमेरमा ट्याजिडीमा परेँ। ब्रेकअपले म को हुँ, जीवन के हो, माया के हो र सम्बन्ध के हो भन्ने प्रश्नहरूले सतायो। मसँग कोही छैन भन्ने लाग्दै गर्दा भागवत गीता पढ्न पाए। मेरो एक्लोपनाको साथीको रूपमा कृष्णलाई पाए र कृष्णमै समर्पित हुँदै गए।'
इन्स्टाग्राममा रहेका उनका केही तस्बिरहरु
माघ २४, २०७८ सोमबार १९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।