बुटवलमा सुरु भयो स्केट पार्क निर्माणको काम

बुटवल : रुपन्देहीको तिलोत्तमा वडा नम्बर ४ डिङगनगरमा नयाँ इनडोर स्केट पार्क एवं रिसोेर्स सेन्टर निर्माणको काम सुरु भएको छ।
स्केट ऐड नेपाल फाउन्डेसनले ८ कठ्ठा क्षेत्रफलमा सेन्टर निर्माणको काम सुरु गरेको हो। फ्रान्स, जर्मन, स्पेन र भारतका खेलाडी तथा संघसंस्थाहरुको सहयोगमा ईन्डोर स्केट पार्क एन्ड रिसोर्स सेन्टर स्थापना गरिएको फाउन्डेसनका अध्यक्ष जागृत पहाडीले बताए।
सेन्टरलाई सन २०२३ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए। पहाडीका अनुसार पहिलो, दोस्रो र तेस्रो चरणमा गरी सुरु गरिएको सेन्टर निर्माणको अहिले पहिलो चरणको काम ८० प्रतिशत सकिएको छ। त्यसका लागि ४० लाख रुपैयाँ खर्च भएको अध्यक्ष पहाडीले बताए।
सेन्टरमा साढे २ करोड रुपैयाँ लगानी हुने र प्रशिक्षण केन्द्रका साथै पुस्तकालय, होस्टेल, कार्यक्रम हल, आवास समेत बनाइने उनले बताए।
नेपालले एसियन स्केट खेलमा प्रतिनिधित्व गर्दै आएको छ। सेन्टरमा स्पेनका खेलाडी तथा प्राविधिक इन्जिनियर ग्याबरियल सोमासन्तोषले सहयोग गरिरहेका पहाडीले बताए।
माघ २४, २०७८ सोमबार १३:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।