मधेश प्रदेशमा पनि थपिए एक राज्यमन्त्री
काठमाडौंः मधेश प्रदेश सरकारले एक राज्यमन्त्री थप गरेको छ। आज नेकपा एकीकृत समाजवादीबाट उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नागेन्द्र राय यादवलाई नियुक्त गरिएको छ।
राज्यमन्त्री यादवलाई आजै प्रदेश प्रमुख हरिशङ्कर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको शपथ गराएका थिए। एकीकृत समाजवादीबाट यसअघि नै प्रदेश सरकारमा उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानूनमन्त्रीमा प्रमोद यादव सहभागी भइसकेका छन्।
योसँगै मधेश प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री रहेका छन्।
आजै प्रदेश १ मा पनि आठ जना मन्त्री थपिएका छन् भने कर्णाली प्रदेशमा चार जनाले मन्त्रीको शपथ लिँदैछन्।
माघ २३, २०७८ आइतबार १५:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।