कोही मञ्चमै लड्ने, कोही माइक खोज्ने भद्रगोलविच कृपा भइन् सारेगामापा विजेता

कोही मञ्चमै लड्ने, कोही माइक खोज्ने भद्रगोलविच कृपा भइन् सारेगामापा विजेता

काठमाडौँ : कृपा पौडेल सारेगामापा लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता भएकी छिन्। बिहान २ बजे भएको घोषणामा उनी दर्शक/श्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन्।

प्रतियोगिताको दाबेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर अप भए। रोशा फुयाँल फस्ट रनर अप भइन्। अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभमा समेटिए।

चार घन्टाबढि चलेको ग्रान्ड फाइनको प्रत्यक्ष प्रसारण निकै भद्रगोल देखिएको थियो। कोही माइक खोज्ने त कोही मञ्चमै लड्ने भयो फाइनलमा।

कार्यक्रमले जुन माया पाएको थियो दर्शकबाट फाइनल सो अनुसार व्यवस्थित देखिएन। मञ्चमा कुदाकुद देखिइरहेको थियो। विजेता घोषणाको बेला मञ्चमा जम्मा भएको भिडले प्रतियोगीहरू नै छोपिएका थिए। धकेलिएर पछि पुगेका अरुणलाई जजले खोजेर अगाडि तान्नु परेको थियो।

जज अनि ग्रान्ड जुरी मञ्चमा हुने नै भए। स्पोन्सरलाई खुसी पार्न सबैलाई मञ्चमै बोलाउँदा भिडभाड हुने नै भयो। प्रतियोगीका आधारमा प्रतिस्पर्धी द भोइस् किड्सको भन्दा बलिया छन् सारेगामापाको। तर फाइनल कार्यक्रमको व्यवस्थापन हेर्ने हो भने सारेगामापा झुरै देखियो। कार्यक्रम प्रसारणको समय पनि अति अपायक। 

माघ २३, २०७८ आइतबार ०२:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।