यस कारण महिला बन्न रुचाउँछन् चर्चित कमेडियन सुनिल ग्रोब्बर

यस कारण महिला बन्न रुचाउँछन् चर्चित कमेडियन सुनिल ग्रोब्बर

काठमाडौं : गुत्थी, रिंकु भावी र डा. महसुर गुलाटीको भूमिकाबाट लोकप्रियता हासिल गरेका भारतीय कमेडियन सुनिल ग्रोबर पर्दामा महिलाको भूमिका निर्वाह गर्न निकै रुचाउँछन्।

उनले एक अन्तर्वार्तामा भनेका छन्, 'म महिला बनेर पर्दामा आउन रुचाउँछु। र, मेरो भूमिकालाई दर्शकले स्वीकार गरेका पनि छन्।' 

दर्शकले रुचाउन्जेल पुरुषले महिलाको भूमिका निर्वाह गर्न छोड्न नहुने उनको तर्क छ।

भारतीय टिभी रियालिटी शो 'द कपिल शर्मा शो' बाट सर्वाधिक चर्चा बटुलेका सुनिलले पुरुषले महिलाको मात्र होइन, पर्दामा महिलाले पनि पुरुषको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

'मेरो लागि महिला र पुरुष चरित्रको कुरा छैन, जहिलेसम्म राम्रो काम गर्न सकिन्छ, दर्शक हँसाउन सकिन्छ तबसम्म काम गरिरहन्छु।'

सुनिल ग्रोबरका लागि अभिनयको यो फरक बाटो सजिलो भने थिएन। सुरुवाती समयमा उनले निकै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्यो। उनको पहिलो कमाइ जम्मा ५ सय रुपैयाँ थियो। यसको खुलासा स्वयं सुनिलले गरेका छन्।

सुनिलले आरजेबाट आफ्नो करिअरको सुरुवात गरेका थिए। उनले सन् १९९५ मा दूरदर्शन टेलिभिजन प्रसारण भएको कमेडी शो 'फुल टेन्सन' बाट डेब्यु गरेको समाचार एजेन्सीहरुले जनाएका छन्।

माघ २१, २०७८ शुक्रबार १०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।