सहरी क्षेत्रमा बढ्दै टेलिहेल्थको प्रयोगकर्ता, तीन महिमामा ५ सयले सुविधा लिए हाम्रो पात्रोमा

सहरी क्षेत्रमा बढ्दै टेलिहेल्थको प्रयोगकर्ता, तीन महिमामा ५ सयले सुविधा लिए हाम्रो पात्रोमा

काठमाडौँ :  पछिल्लो समय टेलिहेल्थको प्रयोगकर्ताहरू बढेको देखिन्छ। कोरोना सङ्क्रमणसँगै टेलिहेल्थमा अभ्यस्त भएकाहरू बिस्तारै अन्य स्वास्थ्य समस्यामा समेत टेलिहेल्थको उपयोग गर्न थालेका छन्।

हाम्रो पात्रोले ल्याएको टेलीहेल्थ सेवामा  ३ महिनामा ५ सय भन्दा बढी कल भएका छन्। पात्रोले  ५० बढी विशेषज्ञ चिकित्सकसँग परामर्श लिन सकिने गरी तीन महिना अगाडि यो सेवा ल्याएको थियो।

कम्पनीका अनुसार  बाल रोग विशेषज्ञ, आन्तरिक चिकित्सा र स्त्री रोग विशेषज्ञसँग धेरै परामर्श लिइएको देखिएको छ। भक्तपुर, काठमाडौँ र पोखराबाट धेरै कल आएको छ।

हाम्रो पात्रो, इंक. का सिइओ शङ्कर उप्रेतीले  छोटो समयमा प्रयोगकर्ताहरूले देखाएको विश्वासका लागि धन्यवाद दिए। प्रयोगकर्ताको सकारात्मक प्रतिक्रियाले टेलीहेल्थ सुविधामा नयाँ विशेषता थप्न हौसला प्राप्त भएको उनले बताए।  

स्वास्थ्य सेवा प्रविधि प्रयोग गर्दा सहज हुने, कम खर्च लाग्ने र धेरै कुराहरूमा सीमितता नहुने हुँदा स्थानीय डाक्टर या क्लिनिकमा पहुँच नभएका ग्रामीण क्षेत्रका मानिसहरूलाई यो अत्यधिक उपयोगी हुने कम्पनिको विश्वास छ। प्रयोगकर्ताको सङ्ख्याका आधारमा अहिले सहरी क्षेत्रमै बढी कल भएको देखिन्छ।

प्रयोगकर्ताहरूले फलोअपको लागि डाक्टरसँग च्याट गर्न सक्ने र आफूले चाहेको मितिमा क्यालेन्डरमेै अपोइन्टमेन्ट लिएर डाक्टरसँग परामर्श लिन सक्ने सुविधा छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको कम्पनिले जानकारी दिएको छ।

प्रयोगकर्ताहरूले स्वास्थ्यसँग सम्बन्धित कुनै पनि विषयमा छलफल गर्न 'हेल्थ फोरम' र  घरमै बसेर ल्याब टेस्ट र औषधि अर्डर गर्न मिल्ने सुविधा हाम्रो पात्रो हेल्थमा थपिने उप्रेतीले बताए। 

प्रयोगकर्ताले हाम्रो पात्रोबाट २ सय रुपैयाँमा विज्ञ डाक्टरसँग परामर्श लिन सक्नेछन्।

माघ २०, २०७८ बिहीबार १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।